क्यान महासंघको निवार्चनका लागि सुनैना घिमिरे पाण्डे प्यानलको उम्मेदवार

काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ आगामी मंसिर ७ गते हुने १३ औं कार्यसमितिको चुनावको लागि सुनैना घिमिरे पाण्डेले उम्मेदवारी घोषणा गरेकी छिन् ।

राजधानीमा आयोजित कार्यक्रममा क्यान महासंंघका पूर्व अध्यक्ष, संस्थापक, वर्तमान अध्यक्ष तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरू उपस्थितमा घिमिरे आफ्नो प्यानल सहितको उम्मेवारी घोषणा गरेकी हुन् ।

घोषणासभामा बोल्दै अध्यक्षका प्रत्यासी पाण्डेले आफूले क्यानलाई सूचना प्रविधिको क्षेत्रमा ससक्त, सबल र अनुसन्धानमुलक संस्थाको रुपमा अगाडि बढाउने बताइन् ।

केही दिन अघि नै नवराज कुँवरको प्यानलले सोही निर्वाचनको लागि उम्मेदवारी घोषणा गरेको थियो ।

क्यान महासंघ अन्र्तगतका केन्द्र तथा जिल्ला शाखाहरुमा रहेका विषयगत, संस्थागत तथा व्यक्तिगत सदस्यहरुको हक अधिकार सुनिश्चित गर्ने तथा सदस्यहरुको समान हैसियत स्थापना गर्न विधान संसोधन गर्ने पाण्डेको एजेन्डा रहेको छ ।

यस्तै, क्यान महासंघको आर्थिक रुपमा सक्षम बनाउने तथा स्रोत पहिचान गर्ने, सूचना तथा संचार प्रविधिको विकास गर्ने, तथ्याङ व्यवस्थापन गर्ने, आधुनिक प्रविधिको प्रयोगमा जोड दिने तथा प्रदेश कार्यालयसम्म भवन निमार्णमा जोड दिने एजेण्डा रहेका छन् ।

 

सम्बन्धित शिर्षकहरु