सिड्नी लगायत न्यू साउथ वेल्स राज्यमा विनाशकारी डढेलोको प्रकोप,यसरी बच्नुहोस्

अष्ट्रेलिया । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा लागेको डढेलोका कारण घना बस्ती क्षेत्रमा खतरा उत्पन्न भएपछि अस्ट्रेलियाका दुईवटा राज्यहरूले सङ्कटकालको घोषणा गरेका छन्। मौसमको खतरनाक अवस्थाका कारण तीन दिनभित्र न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा कम्तीमा तीनजनाको ज्यान गएको छ भने हज्जारौँ विस्थापित भएका छन्।

 

डढेलोको कारण तीन सय भन्दा धेरै स्कुलहरु बन्द रहेका छन् । ६० भन्दा धेरै ठाँउमा डढेलोको प्रभाव परिरहेको छ । आगो नियन्त्रण बाहिर नै रहेको जनाईएको छ । सयौ घरवार विहिन बनेका छन् ।

अधिकारीहरूले मंगलवार देशको सबैभन्दा ठूलो सहर सिड्नीमा एकदमै खराब खालको खतरा आउनसक्ने बताएका छन्। ती दुई राज्यहरूका एक सय २० भन्दा बढी स्थानमा ठूला झाडीहरूमा डढेलो लागेको छ।

आगलागीका कारण न्यू साउथ वेल्समा ९ लाख ७० हजार हेक्टर भूमि प्रभावित भएको छ भने एक सय ५० घरहरू नष्ट भएका छन्। क्वीन्सल्यान्डमा ९ वटा घरहरू नष्ट भएको बताइएको छ।

जलवायु परिवर्तनका कारण आगलागीलाई बल पुगेको भन्ने आलोचनाको प्रतिक्रियामा अस्ट्रेलियाको अनुदार सरकारले त्यसको खण्डन गरेको छ।सिड्नीको उत्तर र दक्षिण सहित ठूलो क्षेत्रमा पनि यस्तै चेतावनी दिइएको छ।

सूचना
– न्यु साउथ वेल्समा चुरोटको सल्किएको ठुटो फ्याँके १३२० डलर जरिवाना ।

-डढेलोको बेला सही र अद्यावधिक जानकारी हुनु अति नै जरुरी ।

-न्यु साउथ वेल्स ग्रामीण अग्नि सेवाका अनुसार आफूलाई पायक पर्ने र छिटो छरितो रूपमा जानकारी पाउने सेवासँग अभ्यस्त हुनु निकै नै जरुरी ।

-आपत्कालीन अवस्था भए ००० मा तत्काल फोन गर्नुहोस्।

-डढेलो बारे केही बुझ्न परे वा थप जानकारी चाहिए बुशफायर इन्फरमेसन लाइनलाई १८०० ६७९ ७३७ मा फोन गर्नुहोस्।

-बिनासकारी डढेलो लाग्दा आफ्नो घर सम्पति र आफु कसरी सुरक्षित रहने माथिको नं फोन गरेर जानकारी लिने ।

-न्यू साउथ वेल्स राज्य सरकारले संकटकाल घोषण गरेको र कतै निस्कदा डढेलो सम्बन्धी जानकारी लिएर मात्र निसकन आग्रह ।

-तपाईँ बस्ने इलाका तिर डढेलो छ भने न्यु साउथ वेल्स अग्नि सेवाको वेबसाइट वा रेडियो मार्फत अद्यावधिक जानकारी पाउन सक्नुहुन्छ। अनि, “फायर्स नियर मी” एप पनि डाउनलोड गरेर सूचना प्राप्त गर्न सक्नुहुनेछ।

-डढेलोको स्तरबारे जानकारी हुँदा मात्र कुन कदम कहिले लिने भन्नेबारे सही निर्णयमा पुग्न सजिलो हुन्छ।

 

सम्बन्धित शिर्षकहरु