मन छुने उर्जाशिल विचारहरु , जसले झरेको उत्साहलाई एकाएक जगाइदिन सक्छ

असनेपालन्यु , सिड्नी

  1. संकल्प गरेको कुरा प्राप्त हुनु सफलता हो, तर जीवनमा जे प्राप्त छ त्यस बाट संन्तुष्ट रहन सक्नु सुख र आनन्द हो ।
  2. कामना मात्र गर्नु सपनालाई अधुरो राख्नु हो , तर अटल संकल्प गर्नु असंभव लाई जितेर सम्भावनाको उचाइ छुनु हो ।
  3. दु:ख र सुख जीवनमा एकै प्रकारका घटना मात्र हुन् मात्र तिनलाई हामीले फरक तरिकाले प्रतिकृया दिंदा यिनिहरु फरक देखिएका हुन्।
  4. जीवनमा थकाई लागे पछि, हैन काम फत्ते भए पछि मात्र विश्राम लिउं ।
  5. आलोचना गर्नेहरुको जवाफ दिंदै हिंड्न जीवन छोटो छ , कर्मको फैसला दिने काम ईश्वरलाई छोडिदिनुस् आफु आनन्दले साक्षि बनेर जीवन जीउनुस्।
  6. राम्रो कार्यका लागि जोखिम लिन कहिल्यै नछाड्नुस्, या त जीत हात पर्ने छ या त अनुभव !
  7. खुसी रहन मन ले चहेको कुरा प्राप्त गरि छाड्नुस् , नत्र आफु संङ जे उपलब्ध छ त्यसमा खुसी रहन सिक्नुहोस्।
  8. हारेर पनि हांस्न सक्ने कला सिक्नुहोस् , यो जित भन्दा पनि ठुलो उपलब्धि हुन सक्ने छ ।
  9. जीवनमा आइपर्ने हरेक कठिनाईले संकट मात्र हैन एक असल मौका समेत लिएर आएका हुन्छन्, मात्र तिनलाई देख्न सक्नु पर्छ ।
  10. विचारमा अपरिमित बल हुन्छ , सहि विचार जन्माउंन तपाईंले आँफैलाई समय दिनु पर्ने हुन्छ ।
  11. जो झुक्न जाँन्दछ , उ उठ्न जाँन्दछ । उठ्न चाहना राख्नेहरुले पहिला झुक्न सिक्नु पर्ने हुन्छ । ~आचार्य राजन शर्मा
    थप मन छुने हरफका लागि यो भिडियो हेर्नु होला।  

जीवन परिवर्तन गराउंने थप रोचक भिडियोहरू ।

जीवन परिवर्तन गराउंने भिडियोहरू, एक पटक हेर्नुहोस्, कहिल्यै दु:खी हुनुपर्दैन

सम्बन्धित शिर्षकहरु