प्रस्तावित राष्ट्रिय पोशाक दिवस काठमाडौंमा मनाइने

हाम्रो शान,हाम्रो पहिचान,राष्ट्रिय पोशाक संरक्षण महाअभियान”को मूल नारा सहित प्रस्तावित राष्ट्रिय पोशाक दिवस काठमाडौंमा मनाइने भएको छ। राष्ट्रिय पोशाक संरक्षण महाअभियान केन्द्रिय समितिको आयोजनामा २०७६ बैशाख १ गते प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा एक विशेष कार्यक्रम गरि सो दिवस मनाईने भएको हो।

नेपालको इतिहास,कला,संस्कृति,सभ्यता र पहिचान धरापमा परेको बेलामा यसको संवर्द्धन र प्रवर्द्धनको उद्देश्यले राष्ट्रिय पोशाक संरक्षण महाअभियान सञ्चालन गरिएको आयोजकले बताएको छ। असनेपालन्यूज संग कुरा गर्दै राष्ट्रिय पोशाक संरक्षण महाअभियान केन्द्रिय समितिका अध्यक्ष बिबश घिमिरेले सो कार्यक्रममा उपस्थित भईदिनुहुन सबैमा अनुरोध गरेका छन। अभियानका संरक्षकको रुपमा राष्ट्रकवि माधव प्रसाद घिमिरे तथा शताब्दी पुरुष सत्यमोहन जोशि हुनुहन्छ। सो कार्यक्रम बिहान ८ बजेबाट शुरुहुनेछ।

सो अभियानले विगतमा गरेका कामहरु यसप्रकार छन:

 

सम्बन्धित शिर्षकहरु