सामुहिक अनसन बस्ने चिकित्सकहरुको घोषणा

काठमाडौं । अनसनरत डा. गोविन्द केसीका समर्थन र सरकारलाई दवाव दिन चिकित्सकहरुले सामुहिक अनशन बस्ने निर्णय गरेका छन् । सोमबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सामूहिक अनसन बस्ने निर्णय गरेको छ । डा. गोविन्द केसीसँग भएको सम्झौता अनुसार विधेयक संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा जाने निर्णय गरेका हुन् । संघले सामुहिकरुपमा अनसन बस्ने निर्णय गरेको छ ।

डा. केसी लामो समयदेखि अनसनमा भएपनि सरकारले बास्तै नगरको भन्दै उनीहरुले सामुहिक अनसनको घोषणा गरेका छन् । ‘सवैभन्दा ठुलो आन्दोलन सत्याग्रह हो, त्यसलाई पनि सरकारले टेरेन’ चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले भने ‘राज्य आफैंले गरेको सम्झौता बेइमानी भयो । प्रधानमन्त्रीले बेइमानी गर्नुहुन्न। उहाँ आजीवन यो पदमा बस्ने होइन। प्रधानमन्त्रीको पदको गरिमामा आँच आइराखेको छ।’

प्रधानमन्त्रीलाई दुइ तिहाइको गर्व नगर्न पनि आन्दोलनरत चिकित्सकहरुले आग्रह गरेका छन्। ‘प्रधानमन्त्री होइन संसारका बादशाह, तानाशाह ढलेका छन्। दुई तिहाइको गर्व नगर्नुस्, कुनै दिन पछुताउन पर्ने हुन्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘तीन करोड नेपालीको मर्म र भावनालाई छुने माग डाक्टर केसीले राखेका छन्। डाक्टरहरूलाई फुटाउने। हाम्रो संगठनलाई फुटाउने र डर देखाउने काम भएको छ।’

सम्बन्धित शिर्षकहरु