डा. गोविन्द केसी फेरी अनशन बस्दै

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी बुधबारबाट फेरि अनशन बस्दैछन् । सरकारसंँग भएको सम्झौता पुरा नभएको भन्दै उनी आमरण अनशनको तयारीमा जुटेका हुन् ।

डा. केसी १६औं अनशन बस्न इलाम पुगेका छन् । १४ पटकसम्म काठमाडौंमा अनशन बसेका डा. केसी जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ औं अनशन बसेका थिए । २७ औं दिनमा उनको १५ औं अनशन तोडिएको थियो । गत साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने, संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम सुरु गर्नुपर्ने माग राखेका छन् ।

सम्बन्धित शिर्षकहरु