विश्वनिकेतन उच्च माविमा अध्यननरत १५ वर्षीय छात्रद्धारा झुण्डिएर आत्महत्या

काठमाडौं । स्कूलबाट भागेर होटलमा वेटर गर्न गएको एक विद्याथीृले दुईदिनमै झुण्डिएर आत्महत्या गरेका छन् । राजधानीको शंखमूलमा रहेको विश्वनिकेतन उच्च माविमा अध्यननरत १५ वर्षीय छात्र बिमल थपलियाले मैतीदेवीको काठमाडौं फुडमार्टमा रेस्टुरेन्ट भुईतलमा झुण्डिएर आत्महत्या गरेका हुन्।

मंसिर १६ र १७ गते सो रेस्टुरेन्टमा काम गरेका थपलिया १८ गते राति ११ बजेतिर भुँइतलाको सिलिङ फ्यानको हुकमा डोरी लगाएर झुन्डिएर मृत अवस्थामा फेला परेको महानगरीय प्रहरीले जनाएको छ ।
नुवाकोट घर भई काठमाडौं बस्दै आएका थपलिया विश्वनिकेतन स्कूलकै होस्टलमा बसेर पढ्थे।

मंसिर १५ गते घर आएका थपलिया १६ गते होस्टल जान्छु भन्दै घरबाट निस्किएका थिए। त्यसपछि उनी होस्टल नगएर मैतीदेवीको काठमाडौं फुडमार्टमा रेष्टुरेन्टमा काम गर्न थालेको उनी मृत फेलापरेपछि मात्रै थाहा भएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित शिर्षकहरु