पूर्वमन्त्री केशव स्थापितको घरमा खाना खाएर फर्कने क्रममा दुई सांसदलाई ढुङ्गा प्रहार

काठमाडौं । पूर्वमन्त्री केशव स्थापितको घरमा भोजन गरेर फर्कने क्रममा प्रदेश सभाका दुई सा‌ंसद चढेको गाडीमा ढुङ्गा प्रहार भएको छ। प्रदेश सांसद गणेश दुलाल र प्रकाश श्रेष्ठ केही दिनअघिमात्र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट बर्खास्त गरेका पूर्व भौतिक योजना मन्त्री केशब स्थापितको बौद्ध महाँङ्लस्थित घरमा खाना खान पुगेका थिए। खाना खाएर बाहिर निस्किएपछि उनीहरु चढेको गाडीमा मोटरसाइकलमा आएका अज्ञात ब्यक्तिले ढुङ्गा प्रहार गरेका हुन्। घटना सोमबार बिहान ११ बजेर ४५ मिनेट जाँदा भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्थापितको घरमा गएका प्रदेश सांसद दुलाल र श्रेष्ठ चढेका बा १९ च ४९८ नम्बरको गाडीमा ढुङ्गा प्रहार भएको हो। उनीहरुको चढेको गाडीको अगाडिको सिसामा क्षति पुगेको छ। घटनामा संलग्न खोटाङ घरभई स्थापितकै छिमेकमा बस्ने पासाङ दोर्जे शेर्पा पक्राउ परेका छन्। उनले सांसद चढेको गाडीले बाटो च्यापेर आएपछि ढुङ्गा प्रहार गरेको प्रारम्भिक बयान दिएका छन्।

‘शेर्पाले काठमाण्डौ रामहिटी पिपलबोट बस्ने बिर बहादुर लामाको बा ३ च ९७१९ नम्बरको गाडीमा समेत ढुङगा प्रहार गरेका थिए। शेर्पालार्इ बा ४४ प २७७१ नम्बरको डिस्कभर मोटरसाईकल सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको हो।

सम्बन्धित शिर्षकहरु