अचानक किन भारत जाँदैछन् प्रचण्ड ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत जाने भएका छन् । इण्डिया फाउण्डेसनको पाँचौँ कन्केलेभमा आतिथ्यता ग्रहणका लागि उनी भारत जान लागेका प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

शुक्रबार विहान भारत प्रस्थान गरेर उनी सोही दिन साँझ नेपाल फर्किने कार्यक्रम रहेको छ । शुक्रबार विहान ९ बजे भारत प्रस्थान गर्ने प्रचण्ड साँझ ८ बजे फर्किने छन् । प्रचण्डले फाउण्डेसनको कन्केलेभलाई सम्बोधन गर्ने छन् । उनले नागरिक घोषणापत्र र विचारको बहसकाबारे बोल्ने बताइएको छ ।

सम्बन्धित शिर्षकहरु