एकदिवसीय क्रिकेटमा भारतीय कप्तान विराट कोहलीको नयाँ कीर्तिमान

एजेन्सी । भारतीय कप्तान विराट कोहलीले अन्तर्रा्ष्ट्रिय एकदिवसीय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । कोहली एकदिवसीयमा सबैभन्दा छिटो दश हजार रन बनाउने व्याट्सम्यान बनेका हुन्।

कोहलीले बुधबार वेस्ट इन्डिज विरुद्धको जारी वान डेमा भारतीय स्टार क्रिकेटर सचिन तेन्दुकरको रेकर्ड तोड्दै नयाँ कीर्तिमान बनाएका हुन् । यसअघि सचिनको नाममा रहेको एकदिवसियामा सबैभन्दा छिटो २ सय ५ इनिङ्समै दश हजार बनाउँदै नयाँ रेकर्ड कायम गरेको हो । सचिनले २ सय ५९ इनिङ्स खेल्दै दश हजार रन जोडेका थिए । सन् २००८ मा श्रीलंकाविरुद्ध कोहलीले ओडीआइएको डेब्यू गरेका थिए ।

सम्बन्धित शिर्षकहरु