विदा भयो यस वर्षको मनसुन, दशैंमा पानी पर्छ कि पर्दैन ?

काठमाडौं । यो वर्षको मनसुन सकिएको छ । मौसमविद्ले घोषणा गरे  अनुसार गएको जेठ २५ गते २ दिन छिटो सुरु भएको मनसुन १२ दिन ढिलो गरी सकिएको हो ।

सामान्यतया अंग्रेजी महिनाको जुन १० तारिखमा सुरु हुने मनसुन सेप्टेम्बर २३ तारिखमा सकिन्छ । तर केहि वर्षयता ढिलो गरी नेपाल प्रवेश गर्ने मनसुन ढिलो गरिनै सकिन थालेको छ । गएको वर्ष दुई दिन ढिला गरी १२ जुनमा सुरु भएको मनसुन १६ अक्टोबरमा सकिएको थियो ।

यो वर्ष मनसुनमा देशभरि नै औसतमा पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अब सामान्यतया देशभरी कै मौसम सफा हुन्छ । आज पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी परे पनि अरु ठाउँको मौसम भने सफा हुने उहाँको अनुमान छ । यस्तै दशैं सुरु हुनुअघि नै मनसुन सकिएकाले यसपटक दशैंमा मौसमले दुःख नदिने अनुमान गरिएको छ।
गत वर्ष दुई दिन ढिला गरी जुन १२ मा सुरु भएको मनसुन अक्टोबर १६ मा सकिएको थियो। यो वर्ष मनसुनमा देशभरि नै औसतमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सम्बन्धित शिर्षकहरु