तीनपिप्लेबाट ५ किलो सुनसहित एकजना पक्राउ

काठमाडौं । काठमाडौं बालाजुमा ५ किलो सुनसहित एकजना पक्राउ परेका छन् । बालाजुको तीनपिप्लेबाट ५ किलो सुनसहित एकजनालाई गएराति पक्राउ गरिएको काठमाडौंका एसपी बसन्त लामाले जानकारी दिए । उनका अनुसार उक्त सुन केरुङ नाकाबाट ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्ने व्यक्तिलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भएको छ । यसअघि केहीदिन अघि पनि ३ किलो सुनसहित १ जना पक्राउ परेका थिए ।

सम्बन्धित शिर्षकहरु