अस्ट्रेलियाका २० भन्दा बढी प्रतिष्ठित युनिभर्सिटी एउटै छातामुनि भेला हुँदै

काठमाडौं । अष्ट्रेलियन शिक्षाको लागि नेपालको भरपर्दो इन्स्टिच्युट एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेस् प्रालिले ‘अस्ट्रेलियन एजुकेसन फेयर २०१८’ आयोजना गर्ने भएको छ। असोज १३ गते हुने फेयरमा अस्ट्रेलियाका २० भन्दा बढी प्रतिष्ठित युनिभर्सिटी तथा शैक्षिक संस्थाले एकै ठाउँबाट आ–आफ्ना सेवा, त्यससंम्बन्धी परामर्श र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिने एक्सपर्ट नेपालका प्रवन्धक निर्देशक खेम संग्रौलाले बताए। एक्सपर्टले अस्ट्रेलिया अध्ययन गर्न चाहनेका लागि विगत १५ वर्षदेखि हरेक वर्ष ३ देखि ४ वटा शैक्षिक मेला गर्दैआएको छ ।

अस्ट्रेलियन एजुकेसन फेयर २०१८ मा संस्थाका ‘ब्राण्ड एम्बेस्डर’ तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ । फेयर काठमाडौंको होटल र्‍याडिसनमा हुनेछ।

एक्सपर्ट इन्स्टिच्युट, नेपाल र अस्ट्रेलियाका विद्यार्थीहरुलाई काउन्सिलिङ गर्ने र शिक्षाका लागि सहयोग गर्ने सबैभन्दा ठूलो इन्स्टिच्युट रहेको आयोजकको दाबी छ।

सम्बन्धित शिर्षकहरु