विवाह गर्न नमान्दा युवतीमाथि माथि एसिड र चक्कु प्रहार

नवलपरासी । रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको एसिड आक्रमणमा परी ज्यान गुमाएको खबर सेलाउन नपाउँदै अर्कि एक युवती माथि एसिड आक्रमण गरीएको छ । नवलपुरको कावासोती – १६ की ३० वर्षीय बसन्ती परियार माथि एसिड र चक्कु आक्रमण भएको छ।

सोमवार राति ८ बजेको समयमा स्थानिय ३७ वर्षीय बिमल श्रीपालीले तरकारी किनेर घर फर्कदैं गरेकी बसन्ती माथि एसिड र चक्कु प्रहार गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ । एसिड र चक्कु प्रहार गरि घाइते बसन्तीको भरतपुर अस्पतालमा आइसीयूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

एसिड प्रहारबाट शरीरको करीव २५ प्रतिशत भाग जलेको छ भने छुरा प्रहारबाट उनको शरीरमा गम्भीर चोट लागेको छ । उनको दायाँ गालाको हड्डी फुटेको छ ।देव्रे तर्फको पेटमा छुरा प्रहार हुँदा सानो आन्द्रा बाहिर निस्किएको छ । देव्रे छातीमा प्रहार भएको चक्कु करङ छेडेर फोक्सोको नजिक पुगेको उनको उपचारमा संलग्न डाक्टरले बताएका छन ।

युवतिसँग बिहेको कुरा चल्दै गर्दा बिहे गर्न नमाने पछि एसिड र चक्कु प्रहार गरेको प्रहरीले जनाएके छ । बिमल श्रीपालीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरि रहेको छ ।

सम्बन्धित शिर्षकहरु