निर्मला हत्या प्रकरण, दोस्रो दिन पनि कञ्चनपुर तनावग्रस्त

 

धनगढी । १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले नक्कली अभियुक्त सार्वजनिक गरेको भन्दै कञ्चनपुरमा बुधबार दोस्रो दिन पनि बिहानैदेखि विरोध प्रदर्शन भइरहेको छ । बिरोध प्रदर्शनकाक्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

प्रहरीले मानसिक सन्तुलत बिग्रेका दिलिपसिंह विष्टले निर्मलाको बलात्कारपछि हत्या गरेको भन्दै सोमबार उनलाई सार्वजनिक गरेको थियो । तर पीडितका आफन्त र स्थानीय बासिन्दाले भने वास्तविक हत्यारालाई प्रहरीले जोगाउन खोजेको भन्दै विरोध गरिरहेका छन् ।

बुधबार पनि बिहानैदेखि महेन्द्रनगर बजारमा प्रदर्शन भएको हो । ठूलो संख्यामा जम्मा भएका आफन्त, स्थानीय बासिन्दा, विद्यार्थीले प्रहरीलाई वास्तविक हत्यारा सार्वजनिक गर्न माग गरेका छन् । उनीहरुले बलत्कारीलाई फाँसी दिनुपर्ने माग गरेका छन् ।

उनीहरुले मंगलबार दिनभर पनि महेन्द्रनगर बजारमा प्रदर्शन गरेका थिए । सो क्रममा स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको थियो । आन्दालनकारीले शान्तिपूर्ण आन्दोलनमा हवाई फायर गर्ने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवाको मागसमेत गरेका छन् ।

सम्बन्धित शिर्षकहरु