योग दिवस नेपालमा पनि भव्य रुपमा मनाइने

काठमाडाैँ । अन्तर्राष्ट्रिय योग दिवस अर्थात जुन २१ का दिन पतञ्जली योगपीठ नेपालले मुलुकभर योग तथा आयुर्वेदसम्बन्धि विभिन्न चेतनामूलक कार्यक्रमको अायोजना गर्ने भएको छ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले असार ७ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा कार्यक्रमको उद्घाटन गर्ने पतञ्जली योगपीठ नेपालका अध्यक्ष शालीग्राम सिंहले जानकारी दिएका छन् ।

मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलन मार्फत कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न देशभर ४० हजार भन्दा बढि योग शिक्षकहरु परिचालन गर्ने जानकारी दिए। योग शिविर देशभर एकैसाथ आगामी विहिबार विहान ६ बजेदेखि ८ बजेसम्म संचालन हुनेछ।

नेपालको अमूल्य निधिको रुपमा रहेको योग, प्राणायम, आयुर्वेद र जडिबुटीको विकास गरी मुलुकलाई समृद्ध बनाउने उद्देश्यका साथ योग दिवस भव्य रुपमा मनाउने तयारी गरिएको आयोजकको दावी छ।

सम्बन्धित शिर्षकहरु