रैराङ हाइड्रोपावरले गर्यो साधारण सेयरको बाँडफाँड

काठमाडौं ।  रैराङ हाइड्रोपावरको साधारण सेयर (आईपीओ) बुधबार बाँडफाँड भएको छ । कम्पनीले खुल्ला गरेको साधारण सेयर ७६ हजार ४४० जना आवेदकले प्राप्त गरेका छन् । कम्पनीको सेयर विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले बुधबार गोलाप्रथाबाट सेयर बाँडफाँड गरेको हो ।

सेयरमा एक लाख ७५ हजार ४७२ वटा आवेदन परेकोमा १९४ वटा आवेदन रद्द भएको थियो । सदर भएका एक लाख ७५ हजार २७८ जना आवेदकले एक करोड ३५ लाख ७५ हजार ६०० कित्ता सेयरको माग गरेकामा गोलाप्रथाबाट छानिएका ७६ हजार ४४० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीको कूल निष्कासन गरेको सेयरमध्ये ८ लाख ४० हजार कित्ता मध्ये ४ प्रतिशत अर्थात् ३३,६०० कित्ता साधारण सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ४२,००० कित्ता म्युचल फण्डहरुको लागि छुट्याईएको छ ।

सम्बन्धित शिर्षकहरु