‘खटाएको ठाँउमा नगए जागिर छोड्नुस्’

बुटवल । संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्री लालबाबु पण्डितले खटाएको ठाउँमा नजाने कर्मचारीहरुलाई जागिर छोड्न चेतावनी दिएका छन् । लुम्बिनी प्रेस क्लव भैरहवाले शुक्रबार  गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा आयोजनाको गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनल‍‍े यस्तो चेतावनि दिएका हुन्।

सरकारले तोकेको जुनसुकै ठाउँमा पनि जान्छु भनेर सपथ खाएका राष्ट्रसेवक कर्मचारीलाई अहिले तोकिएको ठाँउमा नगए  कारबाही हुने उनले बताए  ।

सरकारले खटाएको ठाउँमा जानै पर्ने कुरामा जोड दिदैं मन्त्री पण्डितले भने,-‘राष्ट्रसेवक कर्मचारी भए सरकारले खटाएको ठाउँमा जानु पर्दछ नत्र भने जागिर छोड्नुपर्छ ।’ साथै उनले उक्त साक्षात्कारमा कर्मचारी समायोजन भन्दै  कर्मचारीले एक तह बढाउन माग गरेको भएतापनि अहिले  सरकारले  कर्मचारीको तह बृद्धि गरेर समायोजन गर्न नसक्ने धारणा राखे ।

सम्बन्धित शिर्षकहरु