३३ केजी सुन प्रकरण फेरि अर्को नयाँ खुलासा : पूर्व डिआईजी गोविन्द निरौला पक्राउ

काठमाडौं । साढे ३३ केजी सुन प्रकरणमा नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौला पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले उनलाई आइतबार पक्राउ गरेको हो । उनलार्इ महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

निरौलाले गत २९ चैतमा अवकाश पाएका प्रहरी अधिकृत हुन् । गत ७ माघमा यूएर्इबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । र, त्यो सुन खोज्ने क्रममा भरिया सनम शाक्यलाई टर्चर दिएर हत्या गरिएको थियो । घटनामा संलग्न हालसम्म २१ जना पक्राउ परिसकेका छन् । त्यसमध्ये १७ जनालार्इ जिल्ला प्रहरी कार्यालय, मोरङमा राखिएको छ ।

सम्बन्धित शिर्षकहरु