प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक घोषणा,यस्तो छ भ्रमण तालिका

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको औपचारिक घोषणा गरेको छ । मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको तीन दिने भारत भ्रमण कार्यतालिका सार्वजनिक गरेको हो । तालिका अनुसार चैत २३ देखि २५ सम्म प्रधानमन्त्री ओलीले भारतको राजकीय भ्रमण गर्ने जनाएको हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द लगायतसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री ओली उत्तराखण्डमा रहेको गोविन्द वल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा समेत सरिक हुनेछन् । ओली २५ चैतमा स्वदेश फर्कने कार्यक्रम रहेको छ । गत फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका ओलीले यो पहिलो विदेश भ्रमण हो ।

हेर्नुहोस्, परराष्ट्रको वक्तव्य

सम्बन्धित शिर्षकहरु