धुर्मुस सुन्तली फाउन्डेशनको सहयोगार्थ नाइफाले सिड्नीमा नेपाली नयाँ वर्ष शुभकामना साँझ गर्ने

अष्ट्रेलिया । अष्ट्रेलिया सिड्नीमा रहेको एक परोपकारी संस्था नेपाली युथ फोरम अष्ट्रेलियाले नेपाली नयाँ वर्ष शुभकामना साँझ २०७५ भब्यताका साथ मनाउने भएको छ। “मल्टि डाइनामिक शुभकामना साँझ भोलुम थ्रि ” नाम दिईएको सो कार्यक्रम धुर्मुस सुन्तली फाउन्डेशनको सहयोगार्थ गर्न लागिएको हो।

प्रवासमा रहेर पनि आफ्नै देशलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्न सकिन्छ भन्ने अभिप्रायका साथ गर्न लागिएको सो कार्यक्रममा विशेष प्रस्तुतीको लागि नेपालका चर्चित हाँस्य कलाकार शैलेन्द्र सिंखडा, बरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, चर्चित गायीका प्राश्ना शाक्य नेपालबाट आउनुहुनेछ भने सिड्नीका चर्चीत गायक समीर आचार्य, अस्मिता सोति,मनोज पाण्डे,सुवास लामिछाने तथा प्रवेश अधिकारीले आ-आफ्नो जोडदार प्रस्तुती दिनुहुनेछ।

आगामी १४ अप्रिल २०१८ , नेपाली नयाँ वर्ष वि.सं. २०७५ बैशाख १ गते शनिबार गर्न लागिएको सो कार्यक्रम ५५८ प्रिन्सेस हाइवे रकडेल ,ईन्द्रेणि फङ्सन सेन्टरमा साँझ ५ बजेदेखि शुरु हुने बताईएको छ। थप जानकारिको लागि निम्म मोबाइल नं मा सम्पर्क गर्न सक्नुहुनेछ। ०४११३२९२५१,
०४५१६३४७२२, ०४५१०५१९११

सम्बन्धित शिर्षकहरु