कोरियन भाषा परीक्षाको आवेदन र परीक्षा मिति सार्वजनिक,यसरी भर्नुहोस् अनलाइनवाट

काठमाडौं । कोरियामा रोजगारीका आवेदन तथा परीक्षा मिति सार्वजनिक भएको छ । श्रम तथा रोजगगार मन्त्रालय अन्तगर्तको वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखाले परीक्षाको आवेदन तथा परीक्षा सञ्चालनसम्बन्धी सूचना प्रकाशित गरी आवेदन तथा परीक्षा मिति सार्वजनिक गरेको हो।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कामका लागि कोरिया लागि जान चाहनेका आवेदन दिन चाहनेहरुले चैत ८ गते देखि १७ गते सम्म आवेदन भर्नुपर्ने छ। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (२०३४ साल चैत १० देखि २०५६ साल चैत सम्म जन्मिएका) नेपाली नागरिकले इपीएस नेपालको वेवसाइटमा गई अनलाइनबाटै आवेदन भर्न सक्नेछन्।

परीक्षा जेठ २६ र २७ गते तय भएको छ। परीक्षाका लागि काठमाडौँ र पोखरामा केन्द्र तोकिएको इपीएस कोरिया शाखाले जनाएको छ। पोखरामा १२ हजार जनाले परीक्षा दिन पाउनेछन्।आवेदन शूल्क २४ डलर तोकिएको छ। यसपटक कुल ७ हजार १०० जना उत्तीर्ण गरिन्छ। जसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको छ।

सम्बन्धित शिर्षकहरु