जति नै छलफल भएपनि ओली-प्रचण्डबीच सहमती हुनु नसक्नुको यस्तो छ कारण

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय निकै छलफल हुने गरेपनि सहमति भने हुन सकेको छैन । अाजपनि ओली निवास बालकोटमा दुई नेताबीच एक्लाएक्लै छलफल चलेको छ ।

दुवै दलका नेताहरुका अनुसार पार्टी एकतादेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख पदको बाँडफाँडलगायतका विषयमा एकैपटक सहमति जुटाउने तयारी भइरहेको छ । सहमति जुटाउने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठकबाट निर्णय पारीत गर्ने बताइएको छ ।

पार्टीको एकताबारे लगभग कुरा मिलिसकेपनि सैद्धान्तिक विषयमा कुरा अल्झिएको नेताहरू बताउँछन् । एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले माओवाद सिद्धान्त राख्नुपर्ने अडान लिएपछि सहमति जुट्न नसकेको बताइएको छ ।

सम्बन्धित शिर्षकहरु