स्वान्सी सिटी विरूद्द लिभरपुलले हान्यो पाँच गोल

एजेन्सी । मंगलबार राति भएको प्रिमियर लिगमा लिभरपुलले स्वान्सी सिटीलाई ५-० गोलले पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा आर्सनलसँग तीनतीन गोलको बराबरी खेलेपछि आलोचित बनेको लिभरपुलले स्वान्सी सिटीमाथि भने सानदार जित निकालेको छ ।

लिभरपुलका लागि खेलको ६ औ मिनेटमा फिलिपिन्हो कोटिन्होले उत्कृष्ठ गोल गर्दै अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफमा रोबर्टो फिरिमिनोले दुई गोल गरे । ट्रेन्ट आर्नवल्ड र एलेक्स च्याम्बरलेनले एकएक गोल गरेका थिए ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा चेल्सीले ब्रिंटन एण्ड होभ एल्भिनलाई २-० गोलले पराजित गरेको छ । चेल्सीका लागि अल्भारो मोराटा र मार्कोस एलोन्सोले एकएक गोल गरेका थिए ।

सम्बन्धित शिर्षकहरु