ओलीको कारण एमालेले मधेसमा मत माग्ने नैतिक धरातल गुमाइसकेको प्रचण्डको आरोप

भदौ २४, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको कारण मधेसका जनता एमालेप्रति रुष्ट भएका बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल कलैयाले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष प्रचण्डले पहिलेदेखि नै एमाले अध्यक्ष ओलीले मधेसविरोधी अभिव्यक्ति दिँदै आएको भन्दै मधेसका जनता एमालेप्रति रुष्ट भएका बताएका हुन् । उनले भने, ‘यो पटकको निर्वाचनमा जनताले एमालेलाई मतदान गर्दैनन् । एमाले मधेसविरोधी दलको रुपमा स्थापित भइसक्यो । मधेसका जनताले एमालेलाई मन पराएनन् ।’

प्रचण्डले अध्यक्ष ओली मधेसविरोधी भएका कारणले गर्दा मधेशमा मत माग्ने नैतिक धरातल गुमाइसकेको आरोप समेत अारोप लगाए । उनले अगाडि भने, ‘एमालेको मत माग्ने नैतिक धरातल कमजोर छ, जनताहरु एमालेसँग रुष्ट छन् । वास्तवमा भन्ने हो भने एमालेले धरातलीय यर्थाथ गुमाइसकेको छ ।’

सम्बन्धित शिर्षकहरु