‘डन’ चरी इन्काउन्टर गर्ने कार्की सिआइबीको कमाण्डमा

भदौ ११, काठमाडौं । नेपाल प्रहरीका डिआइजी पुष्कर कार्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को कमाण्ड सम्हाल्ने जिम्मेवारी पाउनु भएको छ । आइजीपी बढुवा प्रकरणका कारण सिलवाल विदामा बसेपछि सो सिआइबीको प्रमुख खाली भएका कारण सो स्थानमा डिआइजी पुष्कर कार्कीको पदस्थापना गरीएको हो ।

सिआइबीको जिम्मेवारी पाएका डिआइजी कार्कीले एसएसपी रहँदा कथित ‘डन’ चरी अर्थात दिनेश अधिकारीलाई इन्काउन्टर गरेका थिए । कार्कीले नै राजधानीमा गुन्डा नाइकेहरूलाई पक्राउ गर्नुका साथै इन्काउन्टरको परम्परा बसालेको भन्नेहरू प्रशस्त मानिसहरू छन् ।

कार्कीले सिआइबी प्रमुखको जिम्मेवारी सम्हालेसँगै गैरकानूनी काम गर्नेहरू सतर्क रहेको जानकारी प्राप्त भएको छ  । सिआइबीमा पदस्थापना भएपछि कार्कीको प्रवक्ताको जिम्मेवारी डिआइजी मनोज न्यौपानेले आइतबारदेखि प्रहरी प्रवक्ता जिम्मेवारी सम्हालेका छन् ।

सम्बन्धित शिर्षकहरु