बाढी पीडितका लागि कांग्रेस सांसदबाट संकलित १ करोड ६ लाख बढीको चेक हस्तान्तरण

भदौ ९,काठमाडौं । नेपाली कांग्रेसले संकलन गरेको १ करोड ६ लाख ९० हजार ६४० रुपैयाँको चेक बाढी–पहिरो र डुबानबाट पीडितहरुका लागि हस्तान्तरण गरिएको छ ।

कांग्रेसका सांसदहरुको एक महिना बराबरको तलब सहयोग गर्ने निर्णयबमोजिम संकलित उक्त रकम शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमकाबीच कांग्रेस संसदीय दलका सचिव ध्रुव वाग्लेले कांग्रेस कार्यबाहक सभापति विमलेन्द्र निधिलाई हस्तान्तरण गरेका हुन् ।

निधिले सांसदहरुबाट संकलित उक्त सहयोग रकम कांग्रेस बाढीपीडित कोषको खातामा जम्मा गरिने बताए ।

व्यवस्थापिका–संसदमा नेपाली कांग्रेसका २०७ जना सांसद रहेका छन्

सम्बन्धित शिर्षकहरु