भरतपुर मतगणना रोचक बन्दै ४ मतले मात्र पछि दाहाल

साउन २१, चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा एमालेका उम्मेदवार देवी ज्ञवालीको अग्रता दोहोरो अंकमा झरेको छ । देवीको माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालसँगको मतान्तर अहिले ४ मतमा झरेको छ । वडा नम्बर १९ को गणना सुरु भएपछि लगातार घटिरहेको देवीको अग्रता ओरालो लागिरहेको छ । अब रेणु ४ मतले मात्रै देवी भन्दा पछि छन् । बैशाख ३१ मा भएको भरतपुरको चुनावपछि मतगणनाका क्रममा माओवादी कार्याकर्ताले १९ नम्बर वडाको मतपत्र च्यातेपछि फेरि मतदान गरेर मतगणना भइरहेको हो । अब २० नं बडामा १७०३ मत गणना हुन बाँकी छ ।

सम्बन्धित शिर्षकहरु