इलाममा दलित समुदायले निःशुल्क विद्युत् मिटर पाउने

असार ५ ।इलाम, नेपाल विद्युत् प्राधिकरणले ‘दलितलाई मिटर’ कार्यक्रममार्फत मिटरका लागि आवेदन खुल्ला गरेपछि डेढ सयभन्दा बढीले आवेदन दिएका छन् ।मिटर जडान गर्ने इच्छा भएर पनि आर्थिक अभाव तथा चेतनाको अभावले मिटर राख्न नसकेका दलितहरुका लागि यो कार्यक्रम राखिएको प्राधिकरण प्रमुख सिग्देलले जानकारी दिनु भयो ।

नेपाल विद्युत् प्राधिकरण इलामका प्रमुख सीताराम सिग्देलका अनुसार तोकिएका दलित समुदायलाई निःशुल्क मिटरसहित कालो तार र मिटर बाकस दिने प्रावधान छ । प्राधिकरणका अनुसार चालु आवमै सबै दलित समुदायका व्यक्तिलाई निःशुल्क मिटर दिइनेछ ।
त्यसैकारण ग्राहकको मागअनुसार मिटर दिन नसकिएको प्राधिकरणले जनाएको छ ।

जिल्लामा गत वर्ष विभिन्न समस्याले विद्युत् मिटरको अभाव थियो तर यतिबेला पर्याप्त मात्रामा पाईन्छ ।

सम्बन्धित शिर्षकहरु