यि ५ देश तेस्रो विश्वयुद्धभयो भने जित्ने सम्भावनामा

असार २ ।  दोस्रो विश्व युद्दको अन्ततिर सन १९४५ को अगस्ट ६ मा ०८ वजेर १५ मिनेट जाँदा अमेरीकाले आणविक वम जापानको हिरोसिमा शहरमा खसालेको थियो जसले असी हजार मानिसले ज्यान गुमाएका थिए भने शहरका ६९ प्रतिशत भवनहरु एकै क्षणमा ध्वस्त भएका थिए ।

ठिक त्यसको ३ दिन पछि फेरी अमेरीकाले नै खसालेको दोस्रो आणविक बमले पनि नागासाकीमा ५० औं हजार मानिसले ज्यान गुमाएका थिए । ति आणविक बम हमला पछि नै दोस्रो विश्वयुद्दको अन्तय भएको थियो ।

आणविक हतियारले आज भन्दा सत्तरी वर्ष अघि त त्यति ठुलो विनाश गरेको थियो भने आज त त्यसको सयौं गुणा वढि विनाश गराउने आणविक हतियार हरु छन ।

अहिले सबै देशमा भएका सैनिक संग सबैगेर वाईस हजार न्युक्लियर हतियार भएको अनुमान गरिन्छ । यस्ता हतियार भएका देशले यदि कसैले संवेदनशिल रुपमा चुनौति दियो भने त्यसले डरलाग्दो आम नरसंहार निम्त्याउन सक्छ ।

पहिलो र दोस्रो विश्व युद्दबाट भएको भएको सम्पुर्ण विनाशको बारेमा सबै देश जानकार हुँदा हुँदै पनि अहिलेको अन्तराष्ट्रिय तनावले गर्दा यदि तेस्रो विश्वयुद्द त भइहाल्दैन भन्ने सबको आशंका रहेको छ ।

हामी  सबैको कामना तेस्रो विश्वयुद्द नहोस भन्ने नै हो । यदी भइहाल्यो भने त्यसको क्षतीको आकलन मात्रै गर्न पनि सकिँदैन । केही दिनको अन्तरालमा पुरै देश नै ध्वस्त वनाउन पनि के वेर ।

यस्तोमा हामीले तेस्रो विश्वयुद्द भइहाल्यो कसले जित हासिल गर्ला भन्ने विभिन्न तथ्यको आधारमा उसको कुल सैनिक सङ्ख्या, वायुसेनाको क्षमता, आणवविक हतियार, जलसेनाको क्षमता र उसले गर्ने रक्षा खर्चको आधारमा यो यस्तो सुची तयार गरेका छौं  ।

पांचौ बेलायत

सैनिकः ३ लाख ८८ हजार

हवाई क्षमताः २२२ लडाकु विमान,१५३ हेलिकप्टर

सामुन्द्रिक क्षमताः करिव ३ लाख ६७ हजार टन

आणविक हतियारः २२५ वटा तैनाथ

रक्षा खर्चः वार्षिक करिव ६० अर्ब डलर

चौथो भारत

सैनिकः ४७ लाख ६८ हजार

हवाई क्षमताः १०८० लडाकु विमान, १४० हेलिकप्टर

सामुन्द्रिक क्षमताः करिव ३ लाख १७ हजार टन

आणविक हतियारः १०० वटा तैनाथ

रक्षा खर्चः वार्षिक करिव ४६ अर्ब डलर

तेस्रो रसिया

सैनिकः ३२ लाख ५० हजार

हवाई क्षमताः १९०० लडाकु विमान, १६५५ हेलिकप्टर

सामुन्द्रिक क्षमताः करिव ८ लाख ४५ हजार टन सात सय ३०  टन

आणविक हतियारः ४५०२ वटा करिव १४८० वटा तैनाथ

रक्षा खर्चः वार्षिक करिव ९० अर्ब डलर

दोस्रो अमेरिका

सैनिकः २२ लाख ९१ हजार

हवाई क्षमताः ३३१८ लडाकु विमान, ६४१७ लडाकु हेलिकप्टर

सामुन्द्रिक क्षमताः करिव ३४ लाख १५ हजार ८ सय ९३ टन

आणविक हतियारः १६५४ वटा तैनाथ गरिएको ५११३ कुल

रक्षा खर्चः वार्षिक करिव ६८२ अर्ब डलर

पहिलो चिन

सैनिकः ७० लाख ५४ हजार

हवाई क्षमताः १५०० लडाकु विमान, हेलिकप्टर थाहा नभएको

सामुन्द्रिक क्षमताः करिव ७ लाख ८ हजार टन

आणविक हतियारः अन्दाजी २४० वटा तैनाथ

रक्षा खर्चः वार्षिक करिव १६६ अर्ब डलर

एजेन्सीको सहयोगमा

 

सम्बन्धित शिर्षकहरु