राजपाको पछाडि नेपाल थपियो

कठमाडौं, १४ वैशाख– ६ मधेशवादी दलबीच पार्टी एकता भएको एकसातामै नाम परिवर्तन गरिएको छ । मधेशी राजनीतिमा पार्टी एकतापछि नयाँ तरंग ल्याएका मधेशवादी दलले राष्ट्रिय जनता पार्टी अर्कैको नाममा रहेपछि त्यसको पछि नेपाल थपेका हुन् । एकताको एक सातामै राजपाको नाम परिवर्तन गरी राष्ट्रिय जनता पार्टी नेपाल राखेको हुन् ।
पार्टी एकीकरण गर्दा राष्ट्रिय जनता पार्टी राख्ने निर्णय गरेका मधेस केन्द्रीत दलले नामको पछाडी ’नेपाल’ राखेर निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।

तराई–मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी र मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) ले वैशाख ७ गते काठमाडौं एकताको घोषणा गरेका थिए । छातालाई चुनाव चिन्ह बनाउने गरी आफ्ना सबै गतिविधिहरु राजपा नेपालबाट सञ्चालन गर्ने आयोगलाई जानकारी गराएका हुन् ।

सम्बन्धित शिर्षकहरु