चक्रवातका कारण अष्ट्रेलिया प्रभावित

अस्ट्रेलिया । ‘डेबी’ नामक चक्रवातका कारण अष्ट्रेलियामा हजारौँ मानिस प्रभावित भएका छन्। तथापि हाल सो चक्रवातको श्रेणी चारबाट तीनमा झारिएको छ। हाल सो चक्रवात १३ किलोमिटर प्रतिघण्टाको दरले अघि बढिरहेको र खतरा अझै टरिनसकेको बताइएको छ।

सो आँधीले क्विन्सल्याण्ड तट पार गर्दा पहिरो नै गएको थियो भने कम्तीमा ४५ हजार घरलाई प्रभावित बनाएको थियो। थुप्रै घरका छाना उडेका छन् भने विद्युत आपूर्ति बन्द भएको छ।

आँधीका कारण एक व्यक्ति घाइते भएको बताइएको छ।

सम्बन्धित शिर्षकहरु