सिड्नीका सडक किन फहराइयो नेपाली झण्डा ?

अस्ट्रेलिया । देशको सीमा नाघ्नेबित्तिकै देशको माया आँखाबाट छचल्किन थाल्छ । अस्ट्रेलियाको सिड्नीमा अहिले त्यस्तै देख्न पाइन्छ । सिड्नीका सडकमा नेपालको चन्द्र सूर्यअंकित झण्डा फरफराएको देख्दा जो कोही नेपालीको छाति भरिएर आउँछ ।

यतिखेर अस्ट्रेलियाको सीड्नीको चर्चित पर्यटकीयस्थल डार्लिङ हार्वर वरपर नेपाली झण्डा फरफराइ रहेका छन्। आगामी नोभेम्बर २६ तारिखका दिन त्यसक्षेत्रमा आयोजना हुने नेपाल महोत्सव अगावै एनआरएन अस्ट्रेलियाले मुलुक पर्वधनको लागि नेपाली झण्डा राखेको हो।
गौतम बुद्ध , सगरमाथा , जीवित कुमारी र नेपालका विभिन्न भेषभुसाका गरी जम्मा पाँच प्रकारका झण्डा यतिखेर त्यस क्षेत्रका शोभा बनेका छन्। यसरी चन्द्र र सूर्य अंकित नेपाली झण्डा त्यसक्षेत्रमा फहराउन थालेपछि सिड्नीको मुख्य सहरी इलाका नेपालमय देखिन थालेको छ ।
‘यी झण्डाहरु दुई सातासम्म फहराइने छ । चर्चित पर्यटकीय थलो डार्लिङ हार्वरमा यसरी नेपाली झण्डा फहराउँन पाउनु गर्वको विषय पनि हो’, महोत्सवका संयोजक तथा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेलले सञ्चारकर्मीसँग बताएका छन् ।
नेपाल महोत्सवको उदघाटन गर्न नेपालका परराष्ट्रमन्त्री प्रकाशशरण महत आउने बताइएको छ ।
महोत्वसले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन मद्दत पुर्याउने नेपालीबीच एकता कायम गर्ने विश्वास लिएको एनआरएन एनएसडब्लुका उप संयोजक प्रकाश खरेलको भनाइ छ ।

सम्बन्धित शिर्षकहरु