प्रदेशको निर्वाचनपछि प्रदेशको नामाकरण गर्न सकिन्छ– नेता नेम्बाङ

subhas_nembangसुरुङ्गा । नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले संविधानमा खोट लगाउने ठाउँ नभएको बताएका छन् ।

आज झापाको दमकमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्व सभामुख समेत रहेका उनले संविधानसभाबाट प्राप्त नेपालको संविधानमा खोट लगाउने ठाउँ छैन भने ।

संविधान समझदारीको साझा दस्तावेज भएको बताउँदै उनले सबैले भनेजस्तो र चाहेजस्तो संविधान नभए पनि त्यसलाई परिमार्जित गर्दै लान सकिन्छ भने ।

नेता नेम्बाङले नेपालको संविधानलाई विश्वले उत्कृष्ट मानेको र महिलालाई राष्ट्रपति, सभामुख, प्रमुख न्यायाधीशसम्म बनाउन सक्ने मार्गनिर्देश गरेको उनको भनाइ थियो । नयाँ संविधान आदिवासी, जनजाति, महिलामैत्री भएको समेत उनले दाबी गरे ।

एक फरक प्रसङ्गमा उनले प्रदेशको निर्वाचनपछि प्रदेशको नामाकरण गर्न सकिने भन्दै असन्तुष्ट दललाई संवाद र छलफलबाट समस्याको समाधान खोज्न आग्रह गरे

सम्बन्धित शिर्षकहरु