प्रधानमन्त्री कार्यालयमै हरायो पूर्वराष्ट्रपतिको निवेदन

xDSC_1247211.JPG.pagespeed.ic.KfSBpbneEF

काठमाडौं, १४ भदौ । पूर्वराष्ट्रपति रामवरण यादवले उपचारका लागि सरकारसँग रकम माग गर्दै दिएको निवेदन प्रधानमन्त्री कार्यालयमा पाइएको छ । निवेदन हराएपछि उनको स्वकीय सचिवालयले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा ताकेता गरेको थियो ।

निवेदन हराएकै कारण उनलको उपचारबारे मन्त्रिपरिषद बैठकमा गम्भीर पमा छलफल हुन सकेको थिएन । उनको उपचारमा ६० लाख दिने सरकारी निर्णय भने अझै गोप्य राखिएको छ । सो निर्णयमा मुख्यसचिव डा। सोमलाल सुवेदीले हस्ताक्षर गर्न बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै सकारले यादवलाई बिजनेस क्लासको टिकट र दैनिक तीन सय डलर भत्ताको समेत व्यवस्था गरेको प्रधानमन्त्री कार्यालय श्रोतले जनाकारी दिएको छ । यसैगरि उनका सहयोगीलाई हवाई टिकट र दैनिक १ सय ५० डलरको
व्यवस्था गरिएको छ । सरकारले यादवलाई छिटै एक करोड रुपैयाँ दिने तयारी गरेको छ ।आजको नयाँ पत्रिका दैनिकमा यो समाचार छ ।

सम्बन्धित शिर्षकहरु