चिनियाँ राट्रपतिको नेपाल भ्रमण होला?

chinaसाउन २५ । काठमाडौं, नेपालमा हालै भएको सत्ता परिवर्तनका कारण चिनियाँ राष्ट्रपति सी जिनपिङको यही वर्ष हुने भनिएको नेपाल भ्रमण प्रभावित नहुने चीनका एक प्रकावशाली विज्ञले बताएका छन् ।

हाल नेपाल भ्रमणमा रहेका चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल सीआईसीआईआरका अध्यक्ष जी चियेले चीन अध्ययन केन्द्रद्वारा सोमबार साँझ आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।

सीआईसीआईआर चिनियाँ राष्ट्रपति सी जिनपिङ नेतृत्वको स्टेट काउन्सिल मातहत रहने बौद्धिक संस्था हो ।

‘यही वर्ष हाम्रा राष्ट्रपतिको नेपाल भ्रमण हुनेछ र यसबाट दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुनेछ’, उनले भने । केपी ओली नेतृत्वको सरकारमा बहिर्गमनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा बनेको नयाँ कार्याकालमा चिनियाँ राष्ट्रपतिको भ्रमण नुहने को कि भन्ने आशंका रहेका बेला जीको यस्तो भनाइ आएको हो ।

दुई मिनेटको मन्तव्यका क्रममा चिनियाँ विज्ञ जीले नेपाल–भारत सम्बन्ध सुदृढ होस् भन्ने चीनको चाहना रहेको बताए । ‘भारतसँग असल सम्बन्ध राख्न चीनले नेपाललाई प्रोत्साहित गर्दै आएको छ’, उनले भने । आजको अन्नपूर्ण दैनिकमा खबर छ ।

सम्बन्धित शिर्षकहरु