सत्तारुढ दलहरुले अविश्वास प्रस्तावको सामना गर्ने

CnKxuHrVMAIRlC8साउन ३। काठमाडौँ, संसद्मा सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस भएपछिको अवस्थाको समीक्षा गर्न आइतबार साँझ सत्तारुढ दलहरुको बैठक बसेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सरकार परिवर्तन भन्दा पनि संविधान कार्यान्वयन हुन नदिने उद्देश्यले सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएको निष्कर्ष निकालेको उपप्रधानमन्त्री एवम् महिला बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले बताए।

बैठकले अविश्वास प्रस्तावविरुद्ध संवैधानिक रुपमा डटेर सामना गर्ने निर्णय गरेको छ ।

अविश्वास प्रस्तावका विषयमा आगामी साउन ६ गते संसद्मा छलफल गर्ने कार्यसूची तय भएपछि कसरी त्यसको सामना गर्ने भन्नेमा बैठक केन्द्रित रहेको उपप्रधानमन्त्री मैनालीले बताए ।

सम्बन्धित शिर्षकहरु