आईपीएलमा पञ्जावको हार

Jasprit Bumrah of Mumbai Indians celebrates the wicket of  Manan Vohra of Kings XI Punjab during match 21 of the Vivo Indian Premier League ( IPL ) 2016 between the Kings XI Punjab and the Mumbai Indians held at the IS Bindra Stadium, Mohali, India on the 25th April 2016 Photo by Ron Gaunt / IPL/ SPORTZPICS

माहोली । किंग्स इलाभेन पञ्जावले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा खराब प्रदर्शन जारी राखेको छ । यस सिजन खराब प्रदर्शनलाई जारी राख्ने क्रममा किंग्स इलाभेन पञ्जाव सोमबार राति मुम्बई इन्डियन्ससंग २५ रनले पराजित भयो ।

पन्जाव क्रिकेट मैदानमा मुम्बईले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको पञ्जावले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा मात्र १ सय ६४ रन जोड्न सक्यो । पञ्जावका ग्लेन म्याक्वेलले ५६ तथा शोन मार्सले ४५ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन । त्यस्तै डेविड मिलरले अविजित ३० तथा मुरली विजयले १९ रन जोडे । मुम्बईका जसप्रित बुमराहले तीन तथा टिम साउथी र मिचेल म्याकलेनाहामले समान दुई दुई विकेट लिए ।

यो पन्जावको पाचौ हार हो । लिगमा ६ खेल खेलिसकेको पञ्जाव पाँचमा पराजित र एकमा मात्रै विजयी भएको छ । र, पन्जाव तालिकामा दुई अंकसहित पुछारमा छ । यता, सात खेलमा चारमा पराजित र तीनमा विजयी भएको मुम्बई ६ अंकसहित लिगको पाँचौं स्थानमा छ ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ८९ रन जोडेको थियो । मुम्बईका लागी पार्थिव पटेलले ८१ तथा अम्बाती रायडुले ६५ रनको योगदान दिए । त्यस्तै जोस बटलरले २४ रन बनाए । पञ्जावका मोहित शर्माले तीन विकेट लिए ।

सम्बन्धित शिर्षकहरु