एमाले स्थायी कमिटीको बैठक अनिश्चितकालसम्मका लागि स्थगित

standing-committeeकाठमाडौं ।  नेकपा (एमाले)को स्थायी कमिटीको बैठक अनिश्चितकालसम्मको लागि स्थगित भएको छ । केन्द्रीय विभाग र सल्लाहकार समिति सदस्य मनोनयमा सहमति जुट्न नसकेपछि बैठक अनिश्चितकालसम्म स्थगित भएको एक सदस्यले जानकारी दिए ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सचिवालयको तर्फबाट पेश गरिएको नाममा बरिष्ठ नेता माधव नेपाल पक्षले असहमति जनाउँदै अध्ययन गर्न समय माग गरे पछि बैठक अनिर्णित भएको ती सदस्यले बताए ।
एमालेमा केन्द्रीय विभाग, अञ्चल, फाँटसहितका विभिन्न ५४ वटा निकाय छन् । महाधिवेशन भएको डेढ वर्ष वितिसक्दा पनि विभाग र अन्य निकायमा सदस्यको मनोनयन गर्न नसक्दा कामकारवाहीमा समस्या भएको नेता नेपाल पक्षले आरोप लगाउँदै आएको छ ।

नेता नेपाल पक्षले सबै विभागलाई एकैपटक पूर्णता दिइनुपर्ने र विभागमा मनोनयन गर्दा स्पष्ट मापदण्ड तोकिनुपर्ने बताउँदै आएका छन् ।

सम्बन्धित शिर्षकहरु