सीमाङ्कन समस्या समाधान हुनुपर्छः अध्यक्ष महतो

rajendra_mahato_copy3मोरङ, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जसरी भए पनि डेढ महिनाभित्रै सीमाङ्कनको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष महतोले सीमाङ्कनको समस्या समाधानका लागि ठूला दलका नेता सम्मिलित राजनीतिक संयन्त्र बन्दैमा समस्या समाधान हुन्छ भन्ने ग्यारेन्टी नभएको बताए।

उनले अहिलेकै कार्यदलले काम गरे परिणाममुखी नतिजा दिनसक्ने बताए । उनले घाइतेको उपचार, मृतक परिवारलाई क्षतिपूर्ति जस्ता माग पूरा नगरी निर्माण गर्ने संयन्त्रले कुनै अर्थ नराख्ने पनि बताए।

सम्बन्धित शिर्षकहरु