स्थानीय निकाय निर्वाचनमा सरकारको जोड

फागुन २ । हेटौँडा, सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टले सरकार र जनताको बीचमा समन्वयकारी भूमिका निर्वाह गर्ने स्थानीय निकायको निर्वाचन गरेर जवाफदेही बनाउन सरकार कटिबद्ध रहेको बताएका छन्।

उनले राप्रपा नेपाल मकवानपुरद्वारा मकवानपुरको इपापञ्चकन्या गाविसमा शनिबार आयोजित पार्टीको कार्यकर्ता भेलाको उद्घाटन गर्दै जिविसले स्थानीय निकायको योजना तर्जुमा गर्दा जिल्लाको भौगोलिक अवस्था र जनतालाई दिगो लाभ पुग्ने योजनालाई छनोट गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौला र सांसद गणेश थापाले संविधानले सबै नेपालीको बृहत् हितको निम्ति विभिन्न मौलिक हक र अधिकार संरक्षण गरेको उल्लेख गरे ।

सहायकमन्त्री विष्टले इपापञ्चकन्या गाविसका २५० जना भूकम्पपीडित परिवारलाई काठमाडौँका समाजसेवी केशव अधिकारी र गणेश रेग्मीले प्रदान गरेको न्यानो कपडा, कम्बर, स्विटरलगायत अन्य कपडा वितरण गरेका थिए ।

यसैगरी उनले विभिन्न पार्टी परित्याग गरी आएका करिब एकसय जनालाई राप्रपा नेपालको सदस्यता पनि प्रदान गरेका थिए ।

सम्बन्धित शिर्षकहरु