सेक्स प्रस्ताव नमान्दा पोखरामा नायिकाको हत्या

Yoruna-430x299पोखरा, मगर भाषाको चलचित्रकी नायिका योरुना पुन नेहाको सेक्स प्रस्ताव नमान्दा हत्या भएको खुलासा भएको छ ।

१९ वर्षीय नेहाको हत्यारालाई प्रहरीले सोमबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएको छ ।

हत्या अभियोगमा पोखरा नयाँ सडकका सतिश खड्गी पक्राउ परेका छन् । अभियुक्तले सेक्स प्रस्ताव नमान्दा हत्या गरेको स्वीकार गरिसकेको प्रहरीको भनाई छ ।

मृतक पुन पोखराको न्युरोडस्थित स्माईल क्याफेमा लेखापालको रुपमा कार्यरत थिइन् । दैनिक काममा गएर रातिको ७–८ बजेतिर फर्किने उनी माघ १८ गते नफर्किएपछि खोजी सुरु भएको थियो ।

नेहाको माघ १९ गते हत्या भएको अवस्थामा शब फेला परेको थियो । उनको हत्यापछि नेपाल मगर संघ कास्कीले निकालेको विज्ञप्तीपछि उनी मगर फिल्मकी नायिका समेत भएको खुलेको थियो ।

सम्बन्धित शिर्षकहरु