सरकारी आस्पतालमै नक्कली डाक्टर !

doctor-bannerमाघ २४ । काठमाडौं, नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्साशास्त्र अध्ययन गरी डाक्टर बनेर सरकारी अस्पतालसँगै निजीमा समेत बिरामी को स्वस्थ्य उपचार गर्दै आएका १२ जना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।

चिकित्सक दर्ता परिक्षामा उत्र्तीण नभइ सर्वसाधारणको उपचार गरिरहेका उनीहरुलाई केन्द्रय अनुशन्धान व्युरोले नियन्त्रण्मा लिएको हो ।

ब्युरो , नेपाल मेडिकल काउन्सील र उच्च माध्यमीक शिक्षा परिषदले संयुक्त रुपमा सञ्चालन गरेको अप्रेसन वाक अन्तरगत झापा , मोरङ सप्तरी , धनुषा , महोत्तरी , सिरहा , कपिलबस्तुमा कार्यरत चिकित्सकहरुको प्रमाणपत्र छानविन गरेको थियो ।

दुई महिना देखि सञ्चालित अप्रेशनमा १७ जनाको एसएलसी र प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आशंका गरिए पनि १२ जनाको पुष्टी भएको पाइएको छ ।

पक्राउ पर्नेमा बीएनसी हस्पिटल बिर्तामोडका रामबाबु गिरी , पशुपति मोढल अस्पताल हटहरीका प्रमुख पशुपति चौधरी , गोल्डेल अस्पताल विराटनगरका महम्मद कमरुलहक रहेका छन् ।

त्यसैगरि कोसी अञ्चल अस्पतालमा कार्यरत विराटनगरका तुलसीकुमार महतो र जनकपुर अञ्चल अस्पतालमा कार्यरत महोत्तरी हात्तीसर्वाका सन्तोष कुमार यादव पक्राउ परेका छन् । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

सम्बन्धित शिर्षकहरु