जिका भाइरसका कारण ब्राजिलमा हुने ओलम्पिक रद्द नहुने

zika_rio_de_janeiro_mosquito_olympics-430x316एजेन्सी, ब्राजिलमा पछिल्लो समयमा जिका भाइरस लाखौ मानिसहरुमा संक्रमित भइसकेको खबर आइरहँदा यसै वर्ष अगस्ट महिनामा हुने ओलम्पिक खेल रद्द नहुने स्पष्ट पारिएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार अधिकारीहरुले यसले खेलाडी तथा दर्शकहरुमा कुनै खतरा नरहेको उल्लेख गरेका छन् ।

ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफले गर्भवती महिला बाहेक अरु कसैलाई पनि यसको खतरा नरहेको आश्वस्त पार्ने कोसिस गरेकी छन् ।

विश्व स्वास्थ्य संगठनले पछिल्लो समयमा तिव्र रुपमा संक्रमित भइरहेको जिका भाइरसका कारण विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।

जिका भाइरसको संक्रमण अन्त्यका लागि अन्तराष्ट्रिय स्तरबाट तिव्र रुपमा प्रयास गरिने समेत संगठनले जनाएको छ । यसका लागि जेनेभामा बैठक बसेको थियो ।

यसवर्ष मात्रै यसबाट उत्तर र दक्षिण अमेरिकाका ४० लाख मानिसहरु संक्रमित हुनसक्ने औल्याइएको छ ।

एडिस एजिप्टी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग पछिल्लो समयमा ब्राजिल लगाउत दक्षिण अमेरिकी देशहरुमा तिब्र रुपमा फैलिइरहेको छ । धेरैजसोमा यसको लक्षण नदेखिने भएपनि यसले गर्भमा रहेको बच्चाको दिमागमा असर गर्छ ।

ब्राजिलमा मात्रै यसको संक्रमण भएका हजारौ बच्चाहरुको जन्म भइसकेको छ । स्वास्थ्य संकटकाल घोषित गरेलगत्तै यसविरुद्ध लड्न सबै उपायहरु अवलम्बन गरिनेछ ।

यसको भ्याक्सिन उत्पादन गर्न २ वर्ष र सर्वसाधारणको पहुँचमा पु¥याउन कम्तिमा पनि १० वर्ष लाग्ने बताइएको छ । पछिल्लो समयमा ल्याटिन अमेरिका, क्यारेबियन क्षेत्रसहित २० भन्दा बढी देशहरुमा यसको संक्रमण देखिइसकेको छ ।

सम्बन्धित शिर्षकहरु