महेन्द्रनगर–दिल्ली बस सेवा सुरु

Mnr-Delhi-Bus-Sewa-650x432भीमदत्तनगर, महाकाली सेती यातायात समिति कञ्चनपुरले महेन्द्रनगरदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म नेपाल भारत–मैत्री बस सेवा सुरु गरेको छ ।

बुधबार साँझ बस सेवाको उद्घाटन गर्दै नेपाल यातायात राष्ट्रिय महासङ्घका अध्यक्ष दिनेश भण्डारीले देशको विषम परिस्थितिमा पनि यातायात व्यवसायीले अनेक चुनौतीसँग जुधेर सेवा दिइरहेको बताए।

बस सेवा सञ्चालनले नेपाल–भारत सीमा क्षेत्र गड्डाचौकी, वनबासा क्षेत्रमा नेपालीमाथि हुने लुटपाटका घटनामा कमी आउने बताउँदै उहाँले भारतीय भूमिमा नेपाली बसको सुरक्षामा ध्यान दिन भारतीय पक्षसँग आग्रह गर्नुभयो ।

सो अवसरमा भारत उत्तर प्रदेश परिवन गाजियावादका अध्यक्ष एसपी सिंहले मैत्री बस सेवाले नेपाली यात्रुलाई सुविधा पुग्ने बताए ।

महेन्द्रनगरदेखि ३५० किमी दूरीमा रहेको नयाँ दिल्लीका लागि हरेक दिन एक नेपाली र एक भारतीय बस सञ्चालन हुने समितिले जनाएको छ । महेन्द्रनगर–दिल्लीको भाडा प्रतिव्यक्ति रु ५७० भारु तोकिएको छ ।

समितिका अध्यक्ष नवीन भट्टका अनुसार समितिले छिट्टै भारतको देहरादुनसम्म पनि बस सेवा सुरु गर्ने तयारी गरिरहेको छ ।

सम्बन्धित शिर्षकहरु