गलत फोटोले क्रोएसियाली राष्ट्रपतिको चर्चा

एजेन्सी, तीन–चार दिनयता सामाजिक सञ्जाल तथा इन्टरनेटमा एउटा फोटो भाइरल भएको छ । फोटोमा एक युवती ‘बिकिनी ड्रेस’मा छिन् । बिकिनीमै भएकाले त्यो फोटो भाइरल भएको भने होइन । बिकिनीमा देखिएकी ती युवती क्रोएसियाली राष्ट्रपति कोलिन्दा ग्रैबर कित्रोविक हुन् भन्ने गलत सन्देश सामाजिक सञ्जालमा फैलिएपछि फोटो भाइरल भएको हो । बिकिनीमा ती युवतीचाहिँ मोडेल कोको अस्टिन रहिछिन् ।

मियामीमा श्रीमान्सँग सन् २००९ मा घुम्न जाँदा फोटोग्राफरले त्यो फोटो खिचेको कुरा बिहीबार मात्र बाहिर आयो । तर, ट्विटरमा त्यो फोटोलाई राष्ट्रपतिको भन्दै लाखौँले सेयर गरेका छन् । गलत फोटोमा नाम जोडिएको किन नहोस्, कोलिन्दाको लोकप्रियता भने बढेको छ । त्यसैले पनि होला, इन्टरनेटमा भाइरल भएको यो फोटोको विषयमा क्रोएसियाको राष्ट्रपति कार्यालयले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

सम्बन्धित शिर्षकहरु