‘मोर्चासंग २/३ दिनमै सहमति हुन्छ’

parchanda2-660x330२१ पुस। महोत्तरी, एकीकृत माओवादी अध्यक्ष पुष्मकमल दाहालले मधेशी मोर्चासंगको बार्ता सकरात्मक रुपमा अघि बढेकोले २/३ दिनभित्रै सहमति निस्कने बताएका छन् । उनले मधेसी मोर्चा पनि विगतको तुलनामा लचकताका साथ प्रस्तुत भएकाले छिटै सहमती हुने कुरामा आफू आशावादी रहेको बताए ।

महोत्तरीको बर्दिबासमा आज सञ्चारकर्मीसंग अध्यक्ष दाहालले मोर्चाको माग अनुसार आफ्नो पार्टीको प्रयासमा संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएको दाबी पनि गरे । उनले भने– ‘अहिले मोर्चाले उठाएको जस्तो देखिएका पहिचान, अधिकार, संघियता, गणतंत्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी जस्ता मुद्दालाई जनताबीचमा स्थापित गर्ने एमाओवादी हो, यसलाई कार्यान्वयन गराउने बढी जिम्मेवारी पनि हाम्रै भएकाले मोर्चाका माग पुरा गराउन गम्भिरताका साथ लागेका छौ ।’

अध्यक्ष दाहालले मोर्चालाई पनि केही लचकताका साथ प्रस्तुत हुन आग्रह गरे ।

सम्बन्धित शिर्षकहरु