रानी आमा बनेपछि…

एजेन्सी, बलिउड अभिनेत्री रानी मुखर्जीले बुधबार बिहान मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा छोरी ‘अदिरा’लाई जन्म दिएकी छिन् । अभिनेता ऋषि कपुर तथा रितेश देशमुखले सामाजिक सञ्जाल ट्विटरमा रानी मुखर्जीले अदिरालाई जन्म दिएको जानकारी दिएका हुन् ।

अस्पतालका अनुसार आमा र शिशु दुवैको स्वस्थ राम्रो छ । छोरी जन्माएपछि रानीले भनेकी छिन्, ‘मलाई आज भगवान्को सबैभन्दा राम्रो उपहार मिलेको छ । मेरो जीवनको नयाँ च्याप्टर सुरु भएको छ ।’

मुखर्जीले फिल्म निर्माता तथा निर्देशक आदित्य चोपडासँग अप्रिल २०१४ मा विवाह गरेकी थिइन् । पारिवारिक स्रोतका अनुसार मंगलबार बिहान उनलाई अस्पताल भर्ना गरिएको थियो ।

रानीको पछिल्लो फिल्म ‘मर्दानी’ अगस्ट २०१४ मा ‘रिलिज’ भएको थियो । सूत्रका अनुसार यश चोपडाको ब्यानरमा बनेको यो फिल्मको सिक्वेल गर्न रानीले सम्झौता गरिसकेकी छिन् । नयाँ पत्रिका ।

सम्बन्धित शिर्षकहरु