सिड्निमा नाइफा शुभकामना सांझको आयोजना

असनेपाल न्युज ।  महेश्वर शर्मा ,सिड्नी ।

नेपाली यूथ फोरम अष्ट्रेलियाले २०१५ को “नाईफा शुभकामना साँझ” को सफलता सँगै यसपाली पनी २०१६ जनवरी १० मा नाईफा शुभकामना साँझ” आयोजना  गर्ने भएको छ। नाईफाका अध्यक्ष भरत देवकोटाको अध्यक्षतामा आज कोग्राहमा बसेको बैठकले $१०००० अष्ट्रेलियन डलर को अक्षयकोष  खडा गर्ने र अष्ट्रेलियमा रहेका नेपाली विधार्थि हरुलाई सक्दो सहयोग गर्ने जनाएको छ। “नाईफा शुभकामना साँझ”कार्यक्रममा सिड्नीका स्थापित कलाकारहरुको जोडदार प्रस्तुति,हाँस्य व्यङ्य प्रहसन,नृत्य,गायन तथा सिड्निमा रहेका नव प्रतिभा कलाकारलाई बिशेष प्रोत्साहन गर्ने उदेश्य रहेको अध्यक्ष देवकोटाले बताउनुभयो।साथै कार्यक्रमको विृस्तित जानकारी छिट्टै सार्वजनिक गरिने सचिव सागर अधिकारीले असनेपाल न्युजलाई बताउनु भयो ।

सम्बन्धित शिर्षकहरु