मानव साङ्लोले चक्रपथ यसरी घेर्यो

chakrapath2मंसिर ११ । काठमाडौं, तराई– मधेशमा जारी आन्दोलन तथा भारतको अघोषित नाकाबन्दीका कारण नेपाली बालबालिकामा परेको असरलाई अन्तर्राष्ट्रियकरण गर्न राजधानीमा २७ किलोमिटर मानव साङ्ला बनाइएको छ ।

राजधानीका निजी तथा सामूदायिक कलेजका बालबालिका सहित विद्यार्थी संगठन र नागरिक समाज समेतले चक्रपथमा मानव साङ्लो बनाएका हुन् ।

‘बाँच्न र पढ्न देऊ’ भन्ने मुख्य नाराका कलङ्की, सातदोबाटो, कोटेश्वर, चाबहिल, महाराजगञ्ज चक्रपथ, बालाजु, स्वयम्भु हुँदै पुनःकलङ्कीसम्म मानव साङलो तयार भएको थियो । कार्यक्रममा कुनै प्रकारका कोणसभा या नाराबाजी भने भएन ।

राष्ट्रिय झन्डा र नाकाबन्दी तथा बालबालिकाको हकअधिकार लेखिएको प्ले कार्ड, ब्यानर सहित विभिन्न कलेजका विद्यार्थीहरू, अभिभावक र सर्वसाधारण पनि उपस्थित भएका थिए ।

निजी तथा आवासीय विद्यालय सङ्गठन(प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सान), उच्चमाध्यमिक विद्यालय सङ्घ नेपाल(हिसान), संयुक्त विद्यार्थी सङ्गठन, शिक्षक महासङ्घ, अभिभावक सङ्घ नेपाल, राष्ट्रिय अभिभावक सङ्घलगायतका सङ्घसंस्था अपिनमा आबद्ध संघ संस्थाले मानव साङ्लो बताएका हुन् ।

सम्बन्धित शिर्षकहरु